आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधान सेनापति सिग्देलबीच भेटवार्ता

भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधान सेनापति सिग्देलबीच भेटवार्ता

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०८३

  • 375
    SHARES

  • भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधान सेनापति सिग्देलबीच भेटवार्ता

    काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका छन्।

    आइतबार काठमाडौं उत्रिएका भारतीय स्थल सेनाध्यक्ष सेठले सोमबार जङ्गी अड्डामा प्रधान सेनापति सिग्देलसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा दुवै पक्षबीच आपसी हितका विषय तथा नेपाल र भारतबीचको पारस्परिक सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

    भारतीय स्थल सेनाध्यक्ष सेठको नेपाल भ्रमणका क्रममा दुई देशका सेनाबीचको सहकार्य, आपसी सम्बन्ध र सैन्य सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भइरहेको छ। नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि उच्चस्तरीय भ्रमण तथा विभिन्न सैन्य सहकार्य हुँदै आएको छ।

    दुई सेनापतिलाई एकअर्का देशमा मानार्थको दर्ज्यानी चिह्न दिने चलन पनि रहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०८३०१:०९:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend