काठमाण्डौ- सडकमा खसेको लेदोसहितको पहिरो हटाएपछि बीपी राजमार्गमा गाडी चल्न थालेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गएराति सडक माथिबाट खसेको लेदोसहितको पहिरो हटाएपछि यो सडकमा सोमबार बिहान ८ बजेदेखि दुईतर्फी नै यातायात सुचारु भएको हो।
वर्षासँगै बीपी राजमार्गअन्तर्गत पर्ने काभ्रेको रोशी गाउँपालिका–९ को पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेको थियो। सो पहिरो र लेदोले बीपी राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।