आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अविरल वर्षाका कारण पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध, बाटोमै रोकिए सवारीसाधन

अविरल वर्षाका कारण पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध, बाटोमै रोकिए सवारीसाधन

  • मिडिया डबली
  • सोमवार, श्रावण २५ २०८३

  • 372
    SHARES

  • अविरल वर्षाका कारण पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध, बाटोमै रोकिए सवारीसाधन

    काठमाडौँ - रातभर परेको अविरल वर्षाका कारण आएको लेदो तथा पहिरोले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। राजमार्गका विभिन्न खण्डमा पहिरो खसेपछि यातायात सञ्चालन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ।

    अहिलेसम्म पहिरोले कति स्थानमा अवरोध पुर्‍याएको छ भन्ने यकिन भइनसकेको भए पनि खसेका स्थानहरूमा सडक खुलाउन पहिरो पन्छाउने काम सुरु भइसकेको छ।

    विशेषगरी राजमार्गअन्तर्गत नार्के क्षेत्रमा माथिबाट आएको लेदो र पहिरोले सडक ठूलो मात्रामा पुलेको छ भने वर्षा नरोकिएका कारण थप पहिरो जाने उच्च जोखिम रहेको छ। राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने सवारीसाधनहरू भकुण्डेमा र पूर्वबाट काठमाडौं आउँदै गरेका सवारीसाधनहरू खुर्कोटमा बाटोमै रोकिएका छन्।

    वर्षाका कारण पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन केही समय लाग्न सक्ने देखिएको छ। सतर्कता अपनाउन आग्रह गर्दै काभ्रे र सिन्धुली प्रहरीले यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा सम्भव भएसम्म अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २५ २०८३१०:४८:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend