आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पेट्रोल बोकेको ट्यांकर दुर्घटना हुँदा भीषण आगलागी

पेट्रोल बोकेको ट्यांकर दुर्घटना हुँदा भीषण आगलागी

  • मिडिया डबली
  • बिहिवार, श्रावण २१ २०८३

  • 357
    SHARES

  • पेट्रोल बोकेको ट्यांकर दुर्घटना हुँदा भीषण आगलागी

    काठमाडौँ - रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्यांकर दुर्घटना हुँदा भीषण आगलागी भएको छ।

    बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर आज बिहान अन्दाजी ५ः३० बजे दुर्घटनामा परेको हो। सडकमा अचानक निस्किएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई ट्यांकर सडकको दाहिनेतर्फ पल्टिएको थियो भने पल्टिएलगत्तै ट्यांकरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।

    घटनाको सूचना पालगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी सत्य नारायण थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरबाट इन्स्पेक्टर राजेन्द्र थापा मगरको नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थलमा खटिएको थियो। चन्द्रपुर र बाराको निजगढ नगरपालिकाबाट आएका दमकलहरूको सहयोगमा बिहान ६ः५० बजे नै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।

    आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ। दुर्घटनामा परेका ट्यांकर चालक बाराको सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय समिर गुरुङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    चन्द्रनिगाहपुर बजारबाट करिब १३ किलोमिटर पश्चिममा घटेको यो दुर्घटनापछि रोकिएको राजमार्गमा हाल यातायात आवागमन पूर्ण रूपमा सुचारु भइसकेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८११०:२६:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend