आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बझाङ जीप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसद महरको माग

बझाङ जीप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसद महरको माग

  • मिडिया डबली
  • मंगलवार, आषाढ ३० २०८३

  • 360
    SHARES

  • बझाङ जीप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसद महरको माग

    काठमाडौं - नेकपा एमालेका सांसद ऐनबहादुर महरले बझाङको जीप दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले गत असार २७ गते बझाङको बुङ्गल नगरपालिकाबाट केदारस्युँ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जीप दुर्गाथली गाउँपालिका–६ को सुङुरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी गराए।

    उनका अनुसार दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, कुटुरीदेवी महत र केदारस्युँ गाउँपालिका–७ की इमला महत धामीको मृत्यु भएको हो।

    सांसद महरले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। उनले दुर्घटनामा करिब १२ जना घाइते भएको र तीमध्ये ८ जना गम्भीर अवस्थामा रहेको बताए।

    दुर्गम क्षेत्र भएकाले घाइतेलाई सडकमार्गबाट उद्धार गर्न लामो समय लाग्ने अवस्था रहेकाले सरकारले हेलिकप्टरमार्फत उद्धार गरेको भन्दै उनले सरकारलाई धन्यवाद दिए।

    ‘नेपाल सरकारले तत्काल हेलिकप्टरको व्यवस्था गरेर घाइतेको उद्धार गर्न सहयोग ग¥यो। त्यसका लागि नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालय र गृह मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने।

    उनले अहिले केही घाइतेको काठमाडौंस्थित ट्रमा अस्पताल र केहीको नेपालगन्जमा उपचार भइरहेको जानकारी दिँदै उनीहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न सरकारको ध्यानाकर्षण गराए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०८३०२:२३:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend