आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद महर

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद महर

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २६ २०८३

  • 261
    SHARES

  • गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद महर

    काठमाडौं - नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारको कडा आलोचना गरेका छन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले आफू वीर अस्पतालबाट प्रत्यक्ष अवस्था अवलोकन गरेर सदनमा पुगेको बताए । उनले अस्पतालको अवस्था अत्यन्त भावविह्वल रहेको उल्लेख गर्दै सर्वसाधारणका लागि त्यहाँको दृश्य निकै पीडादायी भएको बताए ।

    उनले भने, ‘म भर्खरै वीर अस्पतालबाट अलि ढिलो गरिकन सदनमा उपस्थित भएको छु । वीर अस्पतालको दृश्य हेरिसक्नु छैन सभामुख महोदय । त्यहाँ जो कोही सामान्य मान्छेले वीर अस्पतालमा अहिले जाने स्थिति पनि छैन, हेरिसक्नु पनि स्थिति छैन। असाध्यै त्यहाँ भावविह्वल परिस्थिति बनेको छ।’

    महरका अनुसार उपचारका क्रममा मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको हो । उनले मृतकका परिवारलाई भेट्नसमेत कठिनाइ भएको तथा हालसम्म शव परिवारलाई जिम्मा नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरे । अस्पताल परिसरमा कडा सुरक्षा व्यवस्था गरिएकोप्रति पनि उनले आपत्ति जनाए ।

    उनले भने, ‘मैले धेरै घटना यहाँ दोहोर्याइरहनु परेन। मुगुका २५ वर्षीय गणेश नेपालीको अहिले उपचारको क्रममा निधन भएको छ। र विडम्बना त के, दुखको कुरा त के भने, हिजोदेखि परिवारलाई पनि खासगरीकन भेट्न नदिइएको रहेछ त्यहाँ बुझ्दाखेरि, परिवारका आफन्तहरुसँग, आफन्तजनहरुसँग भेट्दाखेरि। र, अहिलेसम्म लास पनि हस्तान्तरण गरेको छैन। प्रहरीले कडा सुरक्षा दिएर, त्यो मानौँ ठूलै अपराध गरेर आएको जसरिकन त्यहाँ चाहिँ त्यो लास राखिएको छ। यो बडा दुखद छ।’

    उनले सरकारमाथि ‘स्टन्ट’ गर्ने प्रवृत्ति त्याग्न आग्रह गर्दै नागरिकलाई आत्मदाहजस्तो चरम कदम चाल्नुपर्ने अवस्था सिर्जना हुनु राज्यका लागि गम्भीर विषय भएको बताए । पछिल्लो समय सुकुम्बासीलगायतका नागरिकलाई सरकारले निराशा र चरम पीडामा धकेलेको उनको आरोप थियो ।

    उनले भने, ‘हिजो अघि त्यहाँ केही मान्छेहरुले भन्दै हुनुहुन्थ्यो, हिजो रातभरी त्यहाँ गृहमन्त्री आउनुभो, चाहिँ यहाँ बस्नुभो भन्दै हुनुहुन्थ्यो। म भन्न चाहन्छु सरकारलाई, अघि पूर्ववक्ता माननीयले पनि यहाँ धेरै कुरा राखिसक्नुभएको छ। स्टन्ट गर्ने बानी सरकारले छोड्न पर्यो। स्टन्ट बन्द गर्न पर्याे। राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो। र यो राज्यले नागरिकहरुलाई चाहिँ आत्मदाह गर्ने परिस्थिति जबर्जस्त निर्माण गरिरहेको छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ३० २०८३१२:३६:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend