आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

काफ्लेलाई आफ्नै जिल्लाका कार्यकर्ताहरूले ऐनामा देखाइदिए उनको वास्तविक अनुहार

काफ्लेलाई आफ्नै जिल्लाका कार्यकर्ताहरूले ऐनामा देखाइदिए उनको वास्तविक अनुहार

  • मिडिया डबली
  • मंगलवार, जेठ १९ २०८३

  • 14.6K
    SHARES

  • काफ्लेलाई आफ्नै जिल्लाका कार्यकर्ताहरूले ऐनामा देखाइदिए उनको वास्तविक अनुहार

    दोलखा- नेपाली कांग्रेस दोलखाभित्र कुन्दन काफ्लेविरुद्ध कार्यकर्ताहरू खुला रूपमा उत्रिन थालेका छन्। पार्टी फुटाउनुपर्ने अभिव्यक्ति दिँदै आएका कांग्रेसका पूर्व केन्द्रीय सदस्य काफ्लेको राजनीतिक शैली, गुटगत व्यवहार र “भडुवा नीति” विरुद्ध अहिले सामाजिक सञ्जालदेखि जिल्लास्तरसम्म तीव्र असन्तुष्टि देखिएको छ।

    पछिल्लो समय पार्टी सभापति गगन थापाविरुद्ध लगातार आक्रामक अभिव्यक्ति दिँदै आएका काफ्लेलाई अब आफ्नै जिल्लाका मात्र होइन, देशभरका कांग्रेस कार्यकर्ताहरूले सामाजिक सञ्जालमै जवाफ दिन थालेका छन्। कार्यकर्ताहरूले काफ्लेको “पार्टीभन्दा व्यक्तिगत स्वार्थ ठूलो” भएको आरोप लगाउँदै उनको वास्तविक चरित्र सतहमै आएको बताएका छन्।

    गत संघीय निर्वाचनमा प्रतिनिधिसभाको टिकटको दाबी गर्दै प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका काफ्ले चुनावी मैदानमा भने जिम्मेवार रूपमा नउत्रिएको आरोप कार्यकर्ताहरूको छ। कार्यकर्ताहरूका अनुसार काफ्लेले मतदानको दिन आफ्नो भोट हालेर मोबाइल अफ गरेर सम्पर्कबिहिन भएका थिए । उनी आफ्नो बुथमा समेत सक्रिय रूपमा नदेखिई स्थानीय एक कार्यकर्ताको घरमा गएर सुतेका थिए। अहिले त्यही व्यक्ति पार्टी नेतृत्वलाई संगठन र पार्टी हितको पाठ पढाउन खोजिरहेको भन्दै जिल्लाका कांग्रेस कार्यकर्ताहरू आक्रोशित बनेका छन्।

    यसैबीच काफ्लेको फेसबुक स्टाटसमा कांग्रेस कार्यकर्ता चित्र तामाङले लेखेको टिप्पणी अहिले व्यापक चर्चामा आएको छ। काफ्लेको स्टाटसमा प्रतिक्रिया जनाउने क्रममा उनले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई सम्बोधन गर्दै लेखेका छन्, “तपाईं कांग्रेसलाई माया गर्ने मान्छे जस्तो लाग्थ्यो, तर पछिल्लो चुनावमा वास्तविकता देखियो। आफू भए ठीक, नभए कांग्रेस नै होइन भन्ने प्रवृत्ति देखियो। हामी व्यक्ति होइन, चारतारे झण्डाको पक्षमा उभिन्छौं।”

    तामाङको उक्त प्रतिक्रियाले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ। अर्का कार्यकर्ता सञ्जु शेर्पाले समेत प्रतिक्रिया दिँदै “आफ्नो अस्तित्व नै नबुझ्ने नेताहरूका कारण संगठन कमजोर बन्दै गएको” टिप्पणी गरेका छन्।

    दोलखाकै अर्का कांग्रेस कार्यकर्ता कर्मराज घिसिङले पनि काफ्लेको हर्कत विरुद्ध कडा टिप्पणी गरेका छन्। उनले काफ्लेको पोस्टमा गएर टिप्पणीका क्रममा लेखेका छन्, ' घन्टामा भोट हालेका र हाल्न लगाएका घातीहरुलाई म पनि कांग्रेसी हुँ भन्दै गाउँगाउँमा सदस्यता अद्यावधिक गर्न जान लाज छनी हो! विधान बमोजिम भएको र सर्वोच्च न्यायालयबाटै न्यायिक निरुपण समेत भैसकेको महाधिवेशनबारे गलफत्ती गर्नुभन्दा गुटनाइके र नाइकेका हुक्केहरुले पार्टी छाडेकै राम्रो जय नेपाल!'

    सामाजिक सञ्जालमा देखिएको यो असन्तुष्टिले दोलखा कांग्रेसभित्र केही नेताहरूले वर्षौँदेखि गर्दै आएको गुटगत राजनीति र अवसरवादी प्रवृत्तिप्रति कार्यकर्ताहरू वाक्क भएको संकेत गरेको छ। विशेषगरी कुन्दन काफ्लेमाथि “पार्टीलाई कमजोर बनाएर व्यक्तिगत बार्गेनिङ गर्ने” आरोप तीव्र रूपमा उठ्न थालेको छ।

    comment_mediadabali.jpgकांग्रेसभित्र आन्तरिक ध्रुवीकरण बढिरहेका बेला काफ्लेविरुद्ध खुलेर आएका यस्ता प्रतिक्रियाले उनको संगठनभित्रको वास्तविक हैसियत कमजोर बन्दै गएको चर्चा चरिकोटदेखि काठमाडौंसम्म हुन थालेको छ। सामाजिक सञ्जालमा आलोचना गर्ने कार्यकर्तालाई अपशब्द प्रयोग गरेर गाली गर्ने प्रवृत्तिले समेत काफ्लेको राजनीतिक संस्कारमाथि प्रश्न उठेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर १८ २०८२०९:४६:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend