काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक लाख ८९ हजार ७०० कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ।
गत शुक्रबार एक तोला सुन रु एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजारमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।