आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सुनको मूल्यमा गिरावट, कतिले भएको छ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिले भएको छ कारोबार ?

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 6.8K
    SHARES

  • सुनको मूल्यमा गिरावट, कतिले भएको छ कारोबार ?

    काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सुन तोलाको १२ सय रुपैयाँले सस्तिएर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ  ।

    मंगलबार छापावाल सुनको मूल्य ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो । छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि तोलाको १२ सय रुपैयाँले सस्तिएर ९६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

    सुन सस्तो बन्दा चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर तोलाको १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

    आइतबारदेखि सुनको मूल्य निरन्तर बढेर पुनः तोलाको लाख रुपैयाँतर्फ उन्मुख भएकोमा बुधबार फर्किएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१२:२६:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend