बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रधानमन्त्रीलाई कांग्रेसको पूर्ण समर्थन छ : देउवा

प्रधानमन्त्रीलाई कांग्रेसको पूर्ण समर्थन छ : देउवा

  • मिडिया डबली डेक्स
  • मंगलवार, चैत्र ११ २०८१

  • 1.3K
    SHARES

  • प्रधानमन्त्रीलाई कांग्रेसको पूर्ण समर्थन छ :  देउवा

    काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको बताएका छन्।

    मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेलादेखिको साथी भएको बताए। उनले आफूहरूबीच राजनीति फरक ठाउँमा रहे पनि मित्रवत् भावना रहेको बताए। 

    सभापति देउवाले भने, ‘ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति भएको छ। उहाँ र म जेलमा सँगै बसेको हो। उहाँ त जेल भित्रको पनि जेलमा बस्नुभएको हो। हाम्रो राजनीति आफ्नो ठाउँमा छ। हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ। हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन। कांग्रेसको पूर्ण समर्थन छ।’

    सभापति देउवाले स्व. गिरिजाप्रसाद कोइराला निडर व्यक्ति रहेको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend