काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। आज सुन तोलामा ८ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सयले बढेर एक लाख ७६ हजारमा कारोबार भइरहेको छ।
मंगलबार सुन तोलाको एक लाख ७५ हजार २ सयमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।