काठमाडौं । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य ४ हजार रुपैयाँले बढेको छ।
बुधबार प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
बिहीबार फागू पूर्णिको सार्वजनिक बिदा परेकोले सूनको मूल्य निर्धारण गरिएको थिएन।
आज आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८६ दशलमव ६ अमेरिकी डलर र चाँदी ३३ दशलमव ८५ डलरमा कारोबार भइरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।