काठमाण्डौ । सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेको छ । सुन आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँ पुगेकाे थियाे । पछिल्लो तीन दिनदेखि सुनको भाउ लगातार उकालो लागेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ९० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ८० रुपैयाँ रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।