आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सुनगाभा सैनामैना गोल्डकप : महावीर क्लब र हनामी बिएफसी भिड्दै

सुनगाभा सैनामैना गोल्डकप : महावीर क्लब र हनामी बिएफसी भिड्दै

  • मिडिया डबली डेक्स
  • बिहिवार, फाल्गुण २२ २०८१

  • 981
    SHARES

  • सुनगाभा सैनामैना गोल्डकप : महावीर क्लब र हनामी बिएफसी भिड्दै

    सैनामैना। रूपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा बिहीबार (आज) महावीर क्लब काठमाडौं र हनामी बिएफसी चितवन बीच प्रतिस्पर्धा खेल हुँदै छ । खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले बताएका छन् ।

    मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशाला मुर्गियामा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा अभिषेक चर्च रजहर विजयी भएको छ । एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै अभिषेक चर्च सेमिफाइनल प्रवेश गरेको छ। खेलमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका अभिषेक चर्च नवलपुरका जर्सी नम्बर ७ का खेलाडी सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए ।

    प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम नगद ४०/४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् । प्रतियोगितामा ए डिभिजन, नेपाल पुलिस र मोफसलका क्लब गरी १० टोलीको सहभागीता रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २२ २०८१०७:५८:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend