शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना आजबाट फुटबलमय बन्दै छ । मुर्गियास्थित सैनामैना फुटबल रंगशालामा सोमबार (आज) बाट प्रथम सुनगाभा सैनामैना गोल्डकप हुन लागेको हो । प्रतियोगिताको पहिलो दिन आज उद्घाटन सत्र सँगै एक खेल हुने आयोजक मुर्गिया फुटबल क्लबले जानकारी दिएको छ ।
सैनामैना नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगिता फागुन २८ गतेसम्म चल्ने छ । प्रतियोगितामा एक भारतीय र आयोजकसहित राष्ट्रिय स्तरका १० टोलीको सहभागिता रहने छ । प्रतियोगिताको उद्घाटन खेलमा आज अयोजक मुर्गिया फुटबल क्लब र गोर्खा ब्वाईज स्र्पोट्स क्लब रुपन्देहीका बीचमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको आज दिउँसो १ बजे सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले उद्घाटन गर्ने तय भएको आयोजकले जनाएको छ । आज हुने खेल भने दिउँसो ३ बजेबाट सुरु हुने बताइएको छ ।
खेल अवधी भरका लागि सिजनल टिकट रु. एक हजार कायम गरिएको छ । यसैगरि, खेल हेर्न आउने ७० वर्षमाथिका तथा अपाङता भएका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद ७ लाख रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र तथा उपविजेता टोलीले नगद ४ लाख रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागत तर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि नगद र शिल्ड प्रदान गरिने प्रतियोगिता संयोजक अशोक खड्काले बताउनुभयो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।