बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

एमसिसी राम्रो भएको कुरा जनताले अहिले आएर बुझे : देउवा

एमसिसी राम्रो भएको कुरा जनताले अहिले आएर बुझे : देउवा

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ ९ २०८१

  • 684
    SHARES

  • एमसिसी राम्रो भएको कुरा जनताले अहिले आएर बुझे : देउवा

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा जनताले अहिले आएर बुझेको बताएका छन्।

    बुधवार कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा उनले यस्तो बताएका हुन्। 

    एमसिसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै उनले अहिले सर्वसाधारणले सही रहेछ भन्ने कुरा बुझेको बताए। उनले पास गराउने बेलामा धेरै ठूलो विरोध भए पनि अहिले आएर साँच्चिकै राम्रो रहेछ भनेर सबैले थाहा पाएको बताए।

    उनले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताए। 

    ‘एकपटक एमसीसी पास गर्ने बेलामा, एमसिसी सहीछाप गर्ने बेलामा धेरै ठूलो विरोध भयो। पार्ल्यामेण्टबाट पास गराउन पनि धेरै गाह्रो भयो‚’ सभापति देउवाले भने, ‘अहिले सबैलाई थाहा भयो कि त्यो साँच्चिकै राम्रो रहेछ भनेर। यसले नेपाललाई फाइदै गरेको छ, हानि गरेको छैन भनेर। यो ग्राण्टमा आएको हो, ऋणमा आएको होइन। त्यसले अहिले फाइदा गरिरहेको छ भन्ने कुरा सबैले देखे।’

    सभापति देउवाले कुनै देशको ऋण लिँदा पनि ऋणको भारमा नपर्नेगरी लिनुपर्ने बताए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend