काठमाण्डौ । इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका दुई खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा बिहान ११ बजे समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘बी’ को उपविजेता भारतको गुजरात स्टेट भलिबल एसोसिएशन खेल्दैछन् ।
यस्तै दोस्रो सेमिफाइनलमा दिउँसो १ बजे समूह ‘बी’ को विजेता त्रिभुवन आर्मी र समूह ‘ए’ को उपविजेता मणिमुकुन्द भलिबल क्लब खेल्ने छन् ।गएको बुधवार शुरू भएको प्रतियोगिताको हिजो सेमिफाइनल समीकरण पूरा भएको थियो ।
यस्तै फाइनल खेल भोलि बुधवार हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।