काठमाडौं – नेपालका भलिबल रेफ्री कुल बहादुर राना भलिबलको अन्तर्राष्ट्रिय रेफ्री बनेका छन् । अन्तर्राष्ट्रिय भलिबल महासंघले रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता दिएको हो ।
एफआईभीबीले नेपाल भलिबल संघलाई एक पत्र पठाउँदै रानालाई अन्तर्राष्ट्रिय रेफ्री प्रदान गरिएको जनाएको छ । संघको अध्यक्ष मनोरन्जन रमनलाई लेखेको पत्रमा उनको सर्टिफिकेट पछि पठाउने जनाएको छ ।
नोभेम्बरमा बसेको बोर्ड बैठकले रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको एफआईभीबीले जनाएको छ । रानाले सन् २०१४ मा जापानमा भएको एफआईभीबी अन्तर्राष्ट्रिय रेफ्री क्यान्डीडेट कोर्ष गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।