जनकपुरधाम । प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले जनकपुरधाममा अन्ताराष्ट्रियस्तरको बसपार्क बनाउन सहयोग गर्ने बताएका छन्।
माँ जानकी जनकपुरधाम यातायात प्रालिको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले यातायात क्षेत्रका मजदुरको हक र अधिकारका लागि आफ्नो सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले यातायात क्षेत्र देशको सबैभन्दा ठूलो रोजगारदाता क्षेत्र रहेको चर्चा गरे।
आफू भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा विभिन्न उल्लेखनीय योगदान र यातायात सुधारका महत्त्वपूर्ण निर्णय गरेको स्मरण गरे।
देशको आर्थिक समृद्धिमा यातायात क्षेत्रको महत्त्वपूर्ण भूमिकालाई अझ प्रभावकारी बनाउन सबै पक्षलाई एकजुट भएर काम गर्न निधिले आह्वान गरे। नेता निधिले देशको समृद्धिको यात्रामा बस व्यवसायीको ठूलो योगदान रहेको बताए।
माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोजकुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न वक्ताले आ–आफ्ना धारणा राखेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।