आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

देशको नेतृत्व र सेवा गर्ने विप्लवको चाहना

देशको नेतृत्व र सेवा गर्ने विप्लवको चाहना

  • मिडिया डबली डेक्स
  • शनिवार, पौष २० २०८१

  • 636
    SHARES

  • देशको नेतृत्व र सेवा गर्ने विप्लवको चाहना

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई ध्रुवीकृत गर्दै यो देशको नेतृत्व गर्न चाहेको बताएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले पटकपटक सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा पूरा गर्न नसकेको भन्दै उनले अब नेकपाले देशको नेतृत्व गर्न चाहेको बताए ।

    काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘हामी नेकपाले पनि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौं । एकचोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ…।’

    कार्यक्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता जितेन्द्र दाहाललाई विप्लवले आफ्नो पार्टीमा स्वागत गरेका थिए । त्यसलाई उनले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको ध्रुवीकरणको सुरुवातको संज्ञा दिए ।

    हालै कपिलवस्तुको शिवगढीमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग ध्रुवीकरण गर्ने निर्णय गरेको जानकारी गराउँदै उनले आजको कार्यक्रम त्यसकै सुरुवात भएको बताए ।

    माओवादी केन्द्रले पनि ध्रुवीकरणको कुरा गरिरहेको भन्दै उनले तीनपटक सरकारको नेतृत्व र पटक–पटक सत्तामा पुगेको माओवादी केन्द्रले अब जनतालाई के दिनसक्छ भन्ने जिज्ञासा रहेको बताए ।

    अहिले आफूहरुले सुरु गरेको ध्रुवीकरण भ्रष्टाचारका लागि नभएको उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ७ २०७७०९:२३:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend