बुटवल - नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘बीरजंग’ पक्राउ परेका छन् । ‘बीरजंग’ पार्टी महासचिव विप्लवका दाजु समेत हुन् ।
गएको असोज ३० गते राति नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका–४ को मुग्रेठाबाट चन्द्रबहादुर चन्द पहिलो पटक पक्राउ परेका थिए । पहिलाे पटक उनीसँगै अन्य २१ जना कार्यकर्ता पनि पक्राउ परेका थिए ।
संगठित अपराधसम्वन्धी मुद्दामा सोमवार दाङ जिल्ला अदालतमा १५ हजार धरौटीमा चन्दलाई रिहा गरेकाे थियाे । तर, त्यसलगत्तै प्रहरीले फेरि उनलार्इ पक्राउ गरेको हो । उनीसँगै पक्राउ परेका अरु भने रिहाइ भइसकेका छन् ।
पक्राउ परेका ‘बीरजंग’लार्इ संगठित अपराधसम्वन्धी मुद्धामा पुन: काभ्रे जिल्ला पठाइएको प्रहरीको प्रदेश ५ प्रबक्ता एसएसपि राजकुमार बैदावारले जानकारी दिएका छन् ।
अदालतबाट रिहाई भएका चन्दले फेरि पक्राउ पर्नुअघि सञ्चारकर्मीसँग सरकारले विभिन्न मुद्दामा फसाइरहेको बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।