आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु

लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २३ २०८०

  • 8.8K
    SHARES

  • लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु

    काठमाडौं - नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर कम्युनिस्टहरुको वाम गठबन्धन बनाएपछि कांग्रेससहितका दलहरु नयाँ समीकरणको कसरतमा जुटेका हुन्। 

    कम्युनिस्टहरुले मुलुकको लोकतान्त्रिक प्रणालीलाई नै समस्यामा पार्ने भन्दै नेपाली कांग्रेससहितका लोकतान्त्रिक दलहरुले नयाँ समीकरणका लागि छलफल थालेका हुन्। 

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी लगायतका चार दलले मन्त्रिमण्डल भागबण्डा टुंग्याएलगत्तै कांग्रेसको नेतृत्वमा छलफल थालिएको हो। 
     
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खढ्कासहित नेताहरु शेखर कोइराला, महामन्त्री गगन थापा, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले लोकतान्त्रिक गठबन्धनका लागि बुधबार छलफल थालेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend