काठमाडौँ- पछिल्लो समयमा सर्भाधिक रुचाइएकि गायिका एलिना चौहान र गायक खेम सेन्चुरीको आवाजमा रहेको 'कट्टा हान्दिन्छु....' रिलिज भएको छ । सोमबार ओबी रायमाझी नामक अफिसियल युटुब च्यानल मार्फत सोमबार रिलिज गरिएको हो ।
नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर गायक खेम सेन्चुरीले गीतमा लय भरेका छन् भने संगीत संयोजन एच बि एन किस्मत ले गरेका हुन्।
ओबिजी इन्टरटेन्टमेन्टको ब्यानरमा तयार पारिएको भिडिओमा रामजी लामिछानेको कोरियोग्राफर तथा निर्देशन रहेको छ । निर्माता प्रकाश भण्डारीको लगानीमा तयार पारिएको भिडिओमा मोडल ओबी रायमाझी र आश्मा बिस्वकर्माको दमदार नृत्य देख्न सकिन्छ ।
केहि समय अगाडी आएको 'रम रम मरौटि...' नामक गीत सर्भाधिक रुचाइएपछी ओबी रायमाझी, रामजी लामिछाने, खेम सेन्चुरी र नेत्र अर्याल फेरी पनि जोडिएका हुन् ।
बान्दे प्रसादको सम्पादनमा रहेको उक्त भिडिओलाई रिलिज भएको केहि समयमा नै धेरै रुचाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।