काठमाडौं - गायिका मधु क्षेत्री र गायक खेम सेञ्चुरीको स्वरमा ‘सोचे झैँ जिन्दगि रैनछ’ बोलको लोक तथा दोहोरी गीतले आफ्नो बर्चश्वलाई कायम राखेको छ ।
युट्युबमा यो गीतले एक करोडभन्दा धेरै भ्यू पाएको छ । टिकटकमा समेत ‘सोचे झैँ जिन्दगि रैनछ’ हिट बनेको छ । युट्युबमा ‘सोचे झैँ जिन्दगि रैनछ’ले आधिपत्य जमाइरहेको छ ।
नेत्र अर्यालको शब्द रहेको गीतका संगीतकार सेञ्चुरी हुन् । गायिका मधु क्षेत्रीले ‘सोचे झैँ जिन्दगि रैनछ’बाट दर्शक स्रोताले दिएको मायाप्रति आभार व्यक्त गरेकी छिन् ।
उनले गीतको सम्पूर्ण टिमको मेहनको फल भएको बताइन् । ‘सोचे झैँ जिन्दगि रैनछ’को म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओबी रायमाझी, लोमस शर्मा र रुविना अधिकारीको अभिनय रहेको छ । काठमाडौंकै धर्मस्थली गाउँमा छायांकन भएको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।