काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुढानीलकण्ठ निवासमा सरेका छन् । धुम्बाराहीस्थित भाडाको घरबाट बुधबार बिहान ११ बजे सभापति देउवा बुढानीलकण्ठस्थित आफ्नै निवासमा सरेका हुन् ।
एक वर्षअघिदेखि सुरु भएको बुढानीलकण्ठस्थित घरको मर्मत सम्भार सकिएपछि देउवा आफ्नै निवासमा सरेको स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
अघिल्लो वर्ष पुस १० मा प्रधानमन्त्रीबाट पदमुक्त भएपछि सभापति देउवा पुस १३ मा धुम्बाराहीस्थित कुलचन्द्र गौतमको घरमा सरेका थिए ।
केही दिनअघिसम्म देउवा नयाँ संवत् फेरिएपछि मात्रै बुढानीलकण्ठ सर्ने मनस्थितिमा थिए । त्यसका लागि उनले ज्योतिष सुरेशचन्द्र रिजालसँग उपयुक्त साइत हेर्न सल्लाह मागेका थिए ।
रिजालले माघ ३ र २०८१ वैशाखमा गरी दुईवटा साइत दिएका थिए । तर देउवा आजै सरेका छन् । छोरा जयवीरसिंह देउवाको माघ २१ गते नै विवाहको लगन जुरेकाले देउवा आजै बुढानीलकण्ठ सरेको बताइन्छ ।
जयवीरको अहिले ग्रहदशा राम्रो नचलेकाले नयाँ संवत् फेरिएपछि मात्र विवाह गर्ने घरसल्लाह भएको थियो । तर वैशाखमा शुक्र अस्त भएको र जेठमा जेठो छोराको विवाह गर्न नहुने भन्दै देउवाले बुधबारकै साइतमा धुम्बराही छाडेर बुढानीलकण्ठ सरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।