आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

राज्यका तीनवटै अंगलाई फनफनी घुमाउँदै एनसेल

राज्यका तीनवटै अंगलाई फनफनी घुमाउँदै एनसेल

  • मिडिया डबली
  • बिहिवार, मंसिर २१ २०८०

  • 2.1K
    SHARES

  • राज्यका तीनवटै अंगलाई फनफनी घुमाउँदै एनसेल

    काठमाडौं - यतिबेला एउटा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपालका तीनवटै अंगलाई फनफनी घुमाएको छ ।

    संसद्, न्यायालय र कार्यपालिका तीनवटै अंग अहिले एनेसलको सेयर खरिद बिक्री प्रकरणमा फसेका छन् ।

    राज्यमा यति धेरै समस्या छन् कि त्यसमा सरकार, अदालत र संसद्को ध्यान पुग्न सकेको छैन ।

    तर एउटा निजी कम्पनीको सेयर बिक्रीमा राज्यका पूरै अंगल अलमलिनुले नेपाल फेलियर स्टेटको रूपमा अघि बढेको संकेत गरेको छ ।

    एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे समयमै थाहा नपाउनु, अनुगमन समयमै नहुनु, ताकेता बेलैमा नगर्नुले नेपालका नियामक अड्डा सबै निकम्मा देखिए ।

    यसले अब देश मात्रका नाममा देश बाँकी रहेछ, हाम्रा सबै संयन्त्र खोक्रो भइसकेछन्भन्ने देखाउँछ ।

    टेलिसेनियरा कम्पनीसँग पौने दुई खर्बमा मलेसियाको आजियटाले एनसेल खरिद गरेको थियो ।

    तर नेपाली मूलका सतिशलाल आचार्यलाई उसले ६ अर्बमा ८० प्रतिशत सेयर बेचेको विषय सार्वजनिक भएपछि सरकार, प्रायः सबै दलका नेता, बुद्धिजीवी, सर्वसाधारण यसमै अल्झिरहेका छन् ।

    एनसेल अबको सात वर्षपछि नेपाल सरकारको पूर्ण स्वामित्वमा आउँदैछ । तर त्यसअघि नै एनसेललाई नेपाल सरकारको स्वामित्वमा जान नदिन अहिले यस्तो खेल खेलिएको आशंका गरिएको छ ।

    एनसेलले भने नेपालको कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको स्पष्ट पारेको छ ।

    बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै एनसेलले भनेको छ, ‘एनसेल आजको दिनसम्मको सबै कर दायित्त्वहरु सम्पूर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेबार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ ।’

    एनसेलले पछिल्लो सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको बताएको छ ।

    ‘यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा बिक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ । यस बाहेक यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्‍याउनेछ,’ उसले भनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०८३०१:०५:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend