सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

पेप्सीकोला दुर्घटना अपडेट: मुत्यु हुनेको संख्या दुई पुग्यो

पेप्सीकोला दुर्घटना अपडेट: मुत्यु हुनेको संख्या दुई पुग्यो

  • मिडिया डबली
  • आइतवार, भाद्र १७ २०८०

  • 1.6K
    SHARES

  • पेप्सीकोला दुर्घटना अपडेट: मुत्यु हुनेको संख्या दुई पुग्यो
    फाइल तस्बिर

    काठमाडौँ- काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकअन्तर्गत पेप्सिकोला छाप्रो भन्ने स्थानमा आइतबार (आज) बिहान भएको सवारी दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

    प्रहरीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल) मा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो। योसँगै उक्त दुर्घटनामा मृत्यु भएकाको संख्या २ पुगेको छ।

    यसअघि दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भइसकेको छ। यस्तै दुर्घटनामा घाइते सशस्त्र प्रहरीकै जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

    आज बिहान साढे ७ बजे बा ३ ख ४१४८ नम्बरको बसले पेप्सीकोला छाप्रो भन्ने स्थानमा बा ६ च ५३४२ नम्बरको पिकअप, बा. प्र-०२–०३७ प ४३११ नम्बरको स्कुटर र बा. प्र–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई एकसाथ ठक्कर दिएको हो। दुर्घटनामा अन्य तीन जना पनि घाइते भएका छन्। घाइतेहरूको उपचार वीर र सिभिल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १७ २०८०१०:३२:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend