काठमाडौँ- गायक पशुपति शर्मा र गायिका उमादेबी खनालको आवाजमा तीज गीत 'मेरी त पियारी सिम्पल बरिलै...' रिजिल भएको छ ।
उमादेबी खनालकै लय तथा शब्दमा रहेको उक्त गीतलाई उमादेबी खनालकै आफ्नै अफिसियल युटुब च्यालन मार्फत रिलिज गरिएको हो ।
बिनोद बाजुरालीको संगीत संयोजन रहेको उक्त गीतलाई खडक बाजुरालीले मिक्स एण्ड मास्टरीङ गरेका हुन् ।
स्मृति तिमल्सिना (गुरुआमा)को निर्देशनमा तयार पारिएको भिडिओमा तेजस रेग्मी र बबिता धिमालको दमदार नृत्य देख्न सकिन्छ । दुर्गा पौडेलको छायांकन रहेको उक्त भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।