आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गायक पशुपति शर्मा गठबन्धनको विरोधमा उत्रिए, लेखे यस्तो स्टाटस

गायक पशुपति शर्मा गठबन्धनको विरोधमा उत्रिए, लेखे यस्तो स्टाटस

  • मिडिया डबली
  • मंगलवार, चैत्र २९ २०७८

  • 5.3K
    SHARES

  • गायक पशुपति शर्मा गठबन्धनको विरोधमा उत्रिए, लेखे यस्तो स्टाटस

    काठमाडौँ- चर्चित लोक गायक पशुपति शर्माले आगामी स्थानीय तह निर्वाचनका लागि बनेको गठबन्धनलाई दह्रो कटाक्ष गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गठबन्धनको ध्याउन्न सत्ताका लागि मात्रै भएको बताएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारका बेला ‘लुट्न सके लुट कान्छा’ गीत निकाल्दा चर्को विरोध सामना गरेका उनले अहिले सत्ता गठबन्धनमाथि प्रहार गरेका हुन्।

    शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गर्न लागिएको सत्ता गठबन्धनलाई ‘लाज पचेकाहरूको गठबन्धन’ भनेका हुन्। गठबन्धनमाथि कटाक्ष गर्दै आफूमा विश्वास नभएकाहरुले जनताको विश्वास जित्न नसक्ने पनि बताएका छन्।

    शर्माले कार्यकर्ता र जनतालाई भेडा नबनी अघि बढ्न पनि भनेका छन्। ‘लाज पचेकाहरूले हो गठबन्धन गर्ने, सिद्धान्त मिल्नु छैन, विचार मिल्नु छैन, चुनावी घोषणापत्र आफ्ना-आफ्ना छन्, के हो यो गठबन्धन?', उनले प्रश्न गरेका छन्, 'आफूमा विश्वास छैन भने जनताको विश्वास कसरी जित्छौ? कार्यकर्ता र जनता कति भेडा हुन्छौ सोच्ने बेला भयो अब!’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २९ २०८०१२:३५:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend