सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

गरुडा चिनिमिलको एक अंश पनि अन्यत्र लगे जनसंघर्ष हुने किरण साहको उद्घोष

गरुडा चिनिमिलको एक अंश पनि अन्यत्र लगे जनसंघर्ष हुने किरण साहको उद्घोष

  • मिडिया डबली
  • सोमवार, श्रावण २९ २०८०

  • 2.3K
    SHARES

  • गरुडा चिनिमिलको एक अंश पनि अन्यत्र लगे जनसंघर्ष हुने किरण साहको उद्घोष

    काठमाडाैं - रौतहटका उखु किसानहरुले श्रीराम सुगर मिल्स पुनःसञ्चालन गर्न माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराएका छन् ।

    आइतबार स्वतन्त्र सांसद किरणकुमार साह र गरूडा चिनीमिल बचाउ संघर्ष समितिका संयोजक चुनचुन साहलगायतका टोलीले सिंहदरबारस्थित उद्योग मन्त्रालयमा मन्त्री रिजाललाई भेटेर मिल सञ्चालनका लागि पहल लिन आग्रह गरेका हुन् ।

    उनीहरूले रौतहटको गरुडा नगरपालिकामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड अप्रत्याशित रुपमा २०७७ साल श्रावण ११ गतेदेखि बन्द गर्ने सूचना प्रकाशित हुनु र २०८० श्रावण ४ गते बैंकले उद्योग बिक्री गर्ने सूचना प्रकाशित गरेको घटनाप्रति किसानहरुको ध्यानाकर्षण भएको बताए ।

    उनीहरुले उद्योग स्थापनाको समयमा स्थानीयहरुले भविष्यको लागि भन्दै जग्गा सहुलियतमा उद्योग खोल्न बिक्री गरेको र अहिले बन्द भएसँगै किसानहरुलाई दैनिकी चलाउनै असहज भएको बताए ।

    उनीहरुले अप्रत्याशित रुपमा गरिएको टेण्डर प्रक्रिया रद्ध गर्नुपर्ने, उद्योग सञ्चालनमा राज्य पक्षले आवश्यक समन्वय एवं सहयोग गरी सञ्चालन गर्नुपर्ने, उद्योगको नाम/स्वामित्वमा रहेको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न नपाउने, उद्योगलाई धराशायी बनाउने कर्मचारी तथा दलालहरुलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग सहितको ज्ञापनपत्र मन्त्री रिजालाई बुझाएका छन् ।

    रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सान्सद किरणकुमार साहले किसानहरुका माग नजरअन्दाज भए जनसंघर्षका कार्यक्रम थालनी हुने चेतावनी समेत दिए ।

    सांसद साहले स्थानीय जनताले सो चिनीमिलको एक अंश पनि अन्यत्र लग्ने प्रयास भए जनताले प्रतिकार गर्ने पनि बताए। सांसद साहले मन्त्री रिजालसङग सो चिनिमिल संचालनका लागि गोल्छा अर्गनाइजेसन र संघर्श समितीबीच वार्ताको लागि समन्वय गरिदिन सम्म आग्रह गरे।

    ज्ञापनपत्र ग्रहण गरेसँगै मन्त्री रिजालले सरकारको कानूनले भनेअनुसार मिल्स उद्योगको काम कारबाही अघि बढाउने प्रतिवद्धता जनाए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १५ २०८००२:१५:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend