आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

धरानमा डेंगुले सात्तो लिएपछि मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा देखिन छाडे

धरानमा डेंगुले सात्तो लिएपछि मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा देखिन छाडे

  • मिडिया डबली
  • बिहिवार, श्रावण १८ २०८०

  • 2.2K
    SHARES

  • धरानमा डेंगुले सात्तो लिएपछि मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा देखिन छाडे

    काठमाडौं - धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ राई केही दिनअघिसम्म सामाजिक सञ्जालमा भिडिरहेका हुन्थे ।

    फेसबुक र ट्विटरमा उनी एक साथ सक्रिय थिए । सामाजिक सञ्जालमा उनको सक्रियता र निरन्तरता देख्दा उनले नगरमा के काम गरे होला भन्ने सबैलाई लाग्ने गर्छ ।

    उनी सामाजिक सञ्जालमा जोसँग पनि भिड्ने, गाली गर्ने, थर्काउने, नयाँ नयाँ फन्डा निकालिरहन्थे । तर एक सातायता हर्क सामाजिक सञ्जालमा फाट्टफुट्ट मात्र देखिने गरेका छन् ।

    दिनमै २५ देखि ३० वटासम्म स्टाटस लेख्ने हर्क अहिले मुस्किलले चार–पाँचवटामा सीमित भएका छन् । धरान उपमहानगरपालिकामा डेंगु संक्रमण फैलिएपछि उनी अहिले यतातिर देखिन छाडेका हुन् ।

    धरान उपमहानगरपालिकामा मात्रै अहिलेसम्म चार हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । मृत्यु हुनेको संख्या आठजना पुगिसकेको छ । डेंगु संक्रमण न्यूनीकरण गर्न छाडेर सामाजिक सञ्जालमा झगडा गरेर बस्न लागेको भनेर चौतर्फी आलोचना हुन थालेपछि हर्क अहिले संक्रमण रोकथाममा लागेको बताइन्छ ।

    डेंगु महामारी आक्रान्त धरानमा बिरामीहरूको लागि उपमहानगरपालिकाले निःशुल्क उपचार केन्द्र सुरु गरेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा धरान–१ स्थित पुरानो अस्पतालमा उपमहानगरपालिकाले बुधबारदेखि निःशुल्क उपचार केन्द्र सुरु गरेको हो।

    केन्द्र २५ बेडको सञ्चालन हुने भएपनि तत्काल १० बेड राखेर सुरु गरिएको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। उनका अनुसार उपमहानगरले थप १५ बेड व्यवस्थापन गर्नेछ।

    प्रदेश स्वास्थ्य मन्त्रालयले एक जना डाक्टर र नर्स पनि उपचारमा सहयोग गर्न धरान पठाएको छ। केन्द्रमा बिरामीको निःशुल्क डेंगु जाँच हुनेछ भने औषधी पनि निःशुल्क वितरण हुनेछ।

    उपमहानगरको समन्वयमा डेंगुका बिरामीहरूका लागि यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अलग्गै फिवर क्लिनिक सञ्चालनमा आएको थियो भने प्रतिष्ठानले छुट्टै डेंगु वार्ड पनि सञ्चालन गरेको छ।

    उपमहानगरपालिकाले धरान–८ स्थित सभागृहमा पनि निःशुल्क डेंगु परीक्षण गराइरहेको छ। धरान उपमहानगरपालिकाले बुधबार एकैसाथ एकै समयमा सबै वडाहरुमा लार्भा खोजी र नष्ट गर्ने अभियान गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १२ २०८२०२:०७:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend