काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू काठमाडौं आएपछि मात्र फोहोर उठ्न थालेको भन्दै फेसबुकमा एउटा रमाइलो पोस्ट गरे। बुधाबार साँझ साम्पाङले यस्तो पोस्ट गरेका थिए।
आफू काठमाडौं आएपछि फोहोर उठ्न थालेको उनको व्यंग्य थियो। ‘जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ! कम्से कम काम त शुरु गरे!’ साम्पाङको पोस्टमा लेखिएको छ।
उक्त पोस्टमा काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र साहले पनि रमाइलो तर व्यंग्यमूलक प्रत्युत्तर फर्काए। बालेन भनेका छन्, ‘हो नि! तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि जितेको हो नि!’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।