आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

देउवाले केन्द्रीय समितिमा मत जिते, महामन्त्रीद्वय थापा र शर्माले सबैको मन जिते

देउवाले केन्द्रीय समितिमा मत जिते, महामन्त्रीद्वय थापा र शर्माले सबैको मन जिते

  • मिडिया डबली
  • मंगलवार, श्रावण ९ २०८०

  • 4.3K
    SHARES

  • देउवाले केन्द्रीय समितिमा मत जिते, महामन्त्रीद्वय थापा र शर्माले सबैको मन जिते
    फाइल तस्बिर

    काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्ने भएको छ । सो बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले राखेका प्रश्नको जवाफ सभापति शेरबहादुर देउवाले दिने भएका छन् ।

    सोमबार बैठक समापन गर्ने बेला देउवाले अब बुधबारको बैठकमा मैले जवाफ दिनुपर्ने होला भनेका थिए । देउवाले केन्द्रीय सदस्यहरूले राखेका प्रश्नको मात्र होइन, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेको कार्ययोजनाका बारेमा पनि स्पष्ट पार्नुपर्ने छ ।

    महामन्त्री थापाले सोमबार लिखित रूपमा दर्ज गराएका १३ बुँदे मतको पनि सम्बोधन गर्नुपर्ने छ । त्यसपछि बैठक केही निर्णय गर्दै सकिनेछ ।

    यसपटकको केन्द्रीय समिति बैठक महामन्त्रीद्वय थापा र शर्मा आलोचनाको निशानामा रहे । खासगरी महामन्त्री थापामाथि संस्थापन पक्षका नेता र पदाधिकारीले आगो नै ओकले ।

    पहिलोपटक केन्द्रीय समितिको बैठक फेसबुकबाट प्रत्यक्ष प्रसारण भइरहेको थियो । फेसबुक लाइभप्रति महामन्त्रीद्वय थापा र शर्मा नै असन्तुष्ट रहेको भन्दै खेदो खने ।

    भित्र एउटा कुरा गर्ने बाहिर अर्को कुरा गर्नेको फेसबुक लाइभले वास्तविक चरित्र उजागर गर्ने संस्थापन पक्षका नेताहरूको टिप्पणी थियो । तर कांग्रेस केन्द्रीय समिति बैठकको लाइभले सबैभन्दा फाइदा महामन्त्रीद्वयलाई भयो ।

    कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको हैसियत कतिसम्म रहेछ भन्ने जानकारी आमजनताले देख्न र सुन्न पाए । महामन्त्री थापा र शर्मा अन्तिम दिनसम्म पनि धैयपूर्वक आफ्नो आलोचना सुनेर बसे । कसैलाई एक शब्द आलोचना पनि गरेनन् ।

    विरोध पनि गरेनन् । आफूहरूमाथि भइरहेको प्रहारलाई हाँसीहाँसी जवाफ दिए । आफ्नो कार्यशैली र निर्णयप्रति डगमगाएनन् । भित्र एउटा र बाहिर एउटा बोल्छन् भन्ने जुन भ्रम थियो, त्यो सबै थापा र शर्माले चिरिदिएका छन् ।

    भलै केन्द्रीय समितिमा ७० प्रतिशतभन्दा बढीको मत देउवाले जिते होलान् । प्रशंसैप्रशंसाको पुलिन्दा पाए होलान् । बधाई र धन्यवाद पनि पाए ।

    तर ७० प्रतिशतभन्दा बढी नेपाली जनता र कांग्रेस कार्यकर्ताको मन महामन्त्री थापा र शर्माले जितेको टिप्पणी हुन थालेको छ । थापा र शर्माले अबको कांग्रेसको नेतृत्व शानदार ढंगले गर्नसक्ने क्षमता देखाएका छन् ।

    महामन्त्री शर्माले त सभापति देउवाले आलोचना मज्जाले सुन्ने गरे पनि छायाँका रूपमा रहेका केन्द्रीय सदस्य र पदाधिकारीलाई ज्यादै पोल्ने गरेको भनेर मुटुमै प्रहार गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०३:२५:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend