काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राम्रो काम गरे कांग्रेसलाई हराउन नसक्ने बताएका छन् ।
कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ (ख)को आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा उनले कांग्रेस एमालेजस्तो बाको र राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो भगवान पार्टी नभई विचारको पार्टी जनाउँदै राम्रो काम गरे कांग्रेसलाई कसैलाई हराउन नसक्ने बताएका हुन् ।
‘कांग्रेस विचारको पार्टी हो, त्यसैले कांग्रेसलाई कसैले हराउन सक्दैन,’ उनले भने, ‘जनताको मतबाट जितेपछि उनीहरूको काम गर्नुपर्छ । कांग्रेसका तर्फबाट जितेकाहरूले आज राम्रो काम गरे भोलि कसैले हराउन सक्दैनन् ।’
सरकारमा जान कांग्रेसले जोसँग पनि गठबन्धन गर्छ भन्ने गलत छवि बनेकाले यस्तो निर्णय गर्नुपर्ने उनको भनाइ थियो । आगामी भदौमा हुने नीति अधिवेशनबाट कांग्रेसले स्पष्ट विचारको राजनीति अगाडि बढाउनुपर्ने भन्दै उनले नीति अधिवेशनले कांग्रेस कसैसँग पनि गठबन्धन गर्दैन भन्ने निर्णय गर्नुपर्ने बताए ।
कांग्रेस बागमती प्रदेश सभाका सभापति इन्द्रबहादुर बानियाँले पार्टीमा देखिएको गुट–उपगुटलाई तल्लो तहदेखि नै मिलाउँदै लानुपर्ने धारणा राखे । उनले नीति महाधिवेशनबाट पार्टीको विधान नै संशोधन गरी विकासका कामलाई महत्व दिनुपर्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।