आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सदस्यता वितरण सहज बनाउँदै कांग्रेस, महामन्त्री गगन थापाले गरे यस्तो घोषणा

सदस्यता वितरण सहज बनाउँदै कांग्रेस, महामन्त्री गगन थापाले गरे यस्तो घोषणा

  • मिडिया डबली
  • शुक्रवार, जेठ २६ २०८०

  • 2.9K
    SHARES

  • सदस्यता वितरण सहज बनाउँदै कांग्रेस, महामन्त्री गगन थापाले गरे यस्तो घोषणा

    काठमाडौं - कांग्रेस महामन्त्री गगन थापाले असार १ गतेदेखि अनलाइनबाट सदस्यता वितरण गर्ने जानकारी दिएका छन् ।

    बिहीबार कांग्रेस धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यता अनलाइनमार्फत् वितरण गर्ने व्यवस्था गरिने बताएका हुन् । उनले सदस्यता नवीकरण तथा नयाँ सदस्यता दुवै अनलाइनबाटै प्राप्त गर्न सकिने पनि जानकारी दिए ।

    पार्टीभित्रको गुट भत्काउन पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लैजानुपर्ने महामन्त्री थापाको भनाइ छ । त्यसक्रममा उनले देश परिवर्तनका लागि सुरुमा आफ्नै पार्टी सुध्रिन जरुरी रहेको बताए ।

    कांग्रेस सुधार्नको निम्ति गुट भत्काउन आवश्यक रहेको कुरालाई उनले कार्यकर्तामाझ विशेष जोड दिएका थिए । उनले भदौमा हुने नीति महाधिवेशनबाट कांग्रेसमा धेरै सुधार हुने विश्वास पनि दिलाए ।

    नेपाली कांग्रेसमा साधारण सदस्य बन्न निकै झन्झट छ । परम्परागत र ढर्रावादी शैलीका कारण चाहेर पनि धेरैले कांग्रेसको सदस्य लिन सक्दैनन् ।

    त्यसमाथि कांग्रेसको सदस्य बन्न सिफारिस आवश्यक पर्ने, आफू निकटबाहेक अरुलाई फारम भर्न नदिने प्रवृत्तिका कारण कांग्रेसप्रति मोह कम हुँदै गएको छ ।

    कांग्रेसले हाल आफ्नो साधारण सदस्य साढे नौ लाख रहेको जनाएको छ । तर यो एक वर्षको बीचमा झन्डै एक लाख साधारण सदस्य घटेको अनुमान गरिएको छ । उनीहरू धेरै राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलमा आबद्ध भएका छन् ।

    त्यसैले अहिले आफ्ना साधारण सदस्य र भोटर टिकाइराख्न कांग्रेसले पनि अनलाइनबाटै सदस्यता वितरण गर्ने नीति लिएको छ । धेरैअघिदेखि अनलाइन प्रणालीमा जाने घोषणा गरेको कांग्रेसले त्यसलाई अघि बढाउन सकेको थिएन । पछिल्लो समय सबै दलले सदस्यता वितरण प्रणालीलाई लचिलो बनाएका छन् ।

    कांग्रेसले पनि समयअनुसार आफूलाई परिमार्जन गर्न लागेको हो । कांग्रेसमा युवा नेता थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि पार्टीमा सुधार गर्न थालिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend