काठमाडौं - सांसद हुन अयोग्य भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
वैशाख १० गते भएको उपनिर्वाचनमा उम्मेदवार बन्न लामिछाने अयोग्य रहेको भन्दै युवराज पौडेल सफलले वैशाख २५ गते सर्वोच्चमा रिट दिएका थिए ।
उनको रिटलाई सर्वोच्च अदालतका रजिस्ट्रारले दरपीठ गरेका थिए । सर्वोच्च प्रशासनको रिट दर्ता नगर्ने निर्णयविरुद्ध पौडेलले इजलासमा निवेदन दिएका थिए ।
त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो । सोहीअनुसार बुधबार मुद्दा दर्ता भएको हो । मुद्दाको पेसी जेठ १७ गते तोकिएको छ ।
अमेरिकी नागरिकता र राहदानी हुँदाहुँदै प्रतिनिधिसभा सदस्य बनेका उनको सोही कारण सांसद पद खारेज भएको थियो । विदेशी नागरिकता नत्यागी पुरानै नेपाली नागरिकताका आधारमा उनले उम्मेदवारी दिएका थिए ।
जसलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको सांसद पद खारेज भएको थियो । लामिछानेको सांसद पद खारेज भएसँगै चितवन २ मा वैशाख १० गते उपनिर्वाचन भएको थियो । त्यसबेला उम्मेदवारी दिँदा रविले नयाँ नागरिकताका आधारमा मनोनयन दर्ता गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।