आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

रवि लामिछानेले आफ्नो श्रीमानलाई ऋषिमुनि भनेपछि रिसाइन् एलिजा गौतम, दिइन् यस्तो जवाफ

रवि लामिछानेले आफ्नो श्रीमानलाई ऋषिमुनि भनेपछि रिसाइन् एलिजा गौतम, दिइन् यस्तो जवाफ

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 13.5K
    SHARES

  • रवि लामिछानेले आफ्नो श्रीमानलाई ऋषिमुनि भनेपछि रिसाइन् एलिजा गौतम, दिइन् यस्तो जवाफ

    काठमाडौँ-  टेलिभिजनका लोकप्रिय प्रस्तोता रवि लामिछानेले आफ्नो  कार्यक्रममा प्रयोग गरेको शब्दप्रति पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले आपत्ति जनाएकी छिन् ।

    बिहीबार प्रशारित ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा प्रस्तोता लामिछानेले अन्तर्वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समय नदिएको विषय अभिव्यक्त शब्दप्रति एलिजाले आपत्ति जनाएकी हुन् ।

    ‘प्रधानमन्त्रीज्युले अन्तर्वार्ता नदिनु ऋषि धमलाको कमजोरी पक्कै हैन होला, तर तपाईंले त ऋषिमुनिदेखि सिसिमुनिसम्मलाई अन्तर्वार्ता दिन भ्याए मलाइ दिएनन् भन्नु भएछ’, एलिजाले भनेकी छन्, ‘ हुन त हजुरले ऋषिजीलाई ऋषिमुनि नै देख्नु भयो, एक संचारकर्मीले अर्को संचारकर्मीको खेदो खन्नु कतिसम्म उचित हो त्यो त मलाई थाह भएन तर मेरो मन दुख्यो ।’

    उनले भनेकी छिन् 

    रवि लामिछाने दाइप्रति मेरो सधै सम्मान छ । तर हिजो सिधा कुरा जनतसँगमा प्रयोग भएका केही शब्दले मेरो मन दुखेको छ । प्रधानमन्त्रीज्युले अन्तर्वार्ता नदिनु ऋषि धमलाको कमजोरी पक्कै हैन होला, तर तपाईले त ऋषिमुनिदेखि सिसिमुनि सम्मलाई अन्तर्वार्ता दिन भ्याए मलाई दिएनन भन्नु भएछ । 

    हुन त हजुरले ऋषिजीलाई ऋषिमुनि नै देख्नु भयो, एक संचारकर्मीले अर्को संचारकर्मीको खेदो खन्नु कति सम्म उचित हो त्यो त मलाई थाह भएन, तर मेरो मन दुख्यो । तपाईको भाषामा ऋषिमुनि अर्थात ऋषिजीले गर्नु भएको मिडियाप्रतिको त्याग कति छ सायद बुझ्दै आउनु भएकै होला ।

    उहाँ हप्तामा एसो एक दिन टुप्लुक्क टेलिभिजनमा देखिने व्यक्ति हैनन्, हरेक दिन बिहानदेखि बेलुकासम्म उहाँले गर्नु भएको दुःख र बलिदानलाई कसरी बुझ्ने ? आज आफ्नै साथीको नराम्रो भन्नु भयो । प्रधानमन्त्रीले तपाईसँग नबोल्नु त उहाँहरुकै टिमसँग बुझ्ने हो, ऋषिजीलाई किन जोड्नु हुन्छ ?

    याद रहोस् रवि दाइ म हिजो पनि तपाईंको कार्यक्रमको एक दर्शक शुभचिन्तक थिएँ र आज पनि, तर बोल्दा शब्द चयन अलिक बिचार गरेर गर्नेकी ? तपाईंले सिकाएको शिक्षा नै अरुले सिक्ने हुन्, बोलेको शब्दले पछुतो हुने काम कहिल्यै न होस्।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ८ २०७९१०:२५:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend