काठमाडौं– सरकारले नेपाल प्रहरीको ३०औं महानिरिक्षकमा वसन्त कुँवरलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई महानिरिक्षक बनाउने निर्णय गरेको हो।
सरकारले कुँवरलाई वरीयता र कार्यक्षमतालाई आधार बनाएर महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय लगत्तै आइजीपी धिरजप्रताव सिंह र नवनियुक्त आइजीपी कुँवर सिंहदरबार पुगेका थिए। कुँवरलाई महानिरीक्षक बनाएपछि प्रधानमन्त्री प्रचण्ड दंग देखिएका थिए । उनले सिंह र कुँवरसँग फोटो समेत खिचाए।
सदनको पहिलो दल नेपाली कांग्रेस सरकारमा जाने तयारी गरिरहँदा प्रधानमन्त्री प्रचण्ड विवादमा पर्न चाहेनन्। उनले पहिलो वरियताको कुँवरलाई आईजीपी बनाउने निर्णय गरे। आइजीपीका दाबेदार श्यामलाल ज्ञवालीले ठूलै दौडधुप गरेपनि सरकारले उनको पक्षमा निर्णय लिएन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।