काठमाडौं - लोकसंगीतका पारखीहरूका लागि युट्युबमा अहिले नयाँ दोहोरी गीत सार्वजनिक भएको छ ।
बिहीबार रिलिज भएको गीतले चर्चा बटुल्दै गएको छ ।
दोहोरो अर्थ लाग्ने गीतसंगीतको बोलवाला भइरहेका बेला प्रदीप त्रिपाठी र शान्तिश्री परियारको स्वरमा रहेको ‘हाँसेर बोले नि माया हो माया, रिसाएर बोले नि माया हो माया’ बोलको गीत कर्णप्रिय लाग्छ ।
शान्तिश्री आफ्ना पहिलेका गीतमा झैं अब्बल देखिन्छिन् । प्रकाश पराजुलीको शब्द रहेको गीतमा प्रदीप र शान्तिश्रीको स्वर मिठासपूर्ण लाग्छ ।
आशिरप्रताप जंगको निर्देशन रहको म्युजिक भिडियोमा समीर न्यौपाने र अनु पराजुलीको अभिनय रहेको छ ।
चकलेटी अनुहार भएका समीर र सुन्दर मुहार भएकी अनु कुनै चलचित्रको गीतमा अभिनय गरिरहेको लाग्छ ।
त्यसमाथि पश्चिमेली भाकाको गीतमा रोदी घरमा झै दोहोरी गाइएको सुन्दर लाग्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।