आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

 ‘डान्सिङ विथ द स्टार नेपाल’ असोज २ बाट सुरु

 ‘डान्सिङ विथ द स्टार नेपाल’ असोज २ बाट सुरु

  • मिडिया डबली
  • बिहिवार, भाद्र २५ २०७७

  • 5.3K
    SHARES

  •  ‘डान्सिङ विथ द स्टार नेपाल’ असोज २ बाट सुरु

    काठमाडौं- असोज २ गतेबाट ‘डान्सिङ विथ द स्टार नेपाल’को प्रसारण हुने भएको छ । डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ द स्टार’ को नेपाली संस्करण लकडाउन अगाडि घोषणा भई महामारीका कारण प्रसारण हुन सकेको थिएन ।

     ‘डान्सिङ विथ द स्टार नेपाल’ कोरोना कहरकै बीचमा मनोरञ्जन प्रदान गर्ने हेतुले सुरु हुन लागेको हो । कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले सबै तयारी पहिले नै सकिसकेका तर, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको बताएका छन् ।

     २६ श्रृङखला हुने यो कार्यक्रम १२ जना स्टार कलाकारले एकएक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धा गर्नेछन् । हरेक साता हुने भोटिङबाट उनीहरुको एलिमिनेसन हुनेछ ।

    डान्सिङ विथ द स्टारको पहिलो सिजनमा लोकगायिका ज्योति मगर, पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा, फुलन्देकी आमाको रुपमा चर्चित हाँस्य कलाकार उमेश राई, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्व फुटबल कप्तान हरि खड्का, हाँस्य अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका सृष्टि केसी, मधेसकी चर्चित नायिका पूजा ठाकुर, टिकटक ट्वीन स्टार दीपा–दमयन्ता र लोकप्रिय बाल नृत्य कलाकार देबयान्सी बैदबार स्टार प्रतिस्पर्धीका रुपमा सहभागी छन् । 

    ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र ३ २०७९०३:१७:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend