काठमाडौं– नेकपा माओवादी केन्द्रले रवि लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाको पूर्णपाठ नआएसम्म उनलाई गृहमन्त्रालय नदिने निष्कर्ष निकालेको छ।
‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे थप निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ,’ उपाध्यक्ष कृष्णबहादुर महराले बैठकपछि पेरिस डाँडामा भने।
महराले प्रधानमन्त्री प्रचण्डले पनि पदाधिकारी बैठकमा सर्वोच्चको फैसालको पूर्णपाठ नआएसम्म गृह आफैंले राख्ने बताएको बताए ।
पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा गृहमन्त्रालय, राष्ट्रपति निर्वाचन र अन्य समसामयिक विषयमा छलफल भएको उनले बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।