काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले डरलाग्दो भविष्यवाणी गरेका छन् ।
मंगलबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अब केही समयभित्रै भ्रष्टाचारविरुद्ध जनआन्दोलन हुने र त्यसले अहिलेको व्यवस्थामै परिवर्तनसम्म ल्याउने भविष्यवाणी गरेका हुन् । नयाँ सरकार गठन भएको मंगलबार एक महिना पुगेको छ ।
एक महिनाअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर यो एक महिनाको अवधिमा सरकारले कुनै राम्रो संकेत गरेको छैन ।एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको मिलिजुली सरकार छ ।
तर एमाले र नागरिक उन्मुक्तिबाहेक अन्य दलका मन्त्रीहरू स्टन्टबाजीमा लागेका छन् । माओवादीका नारायणकाजी श्रेष्ठ र सुदन किराँती, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, राप्रपाका राजेन्द्र लिङ्देन कामभन्दा निर्देशन दिन व्यस्त छन् ।
मन्त्री बनेपछि उनीहरूको काम कर्मचारीलाई निर्देशन दिनेबाहेक केही पनि छैन । प्रचण्ड नेतृत्वको सरकारमा विवादास्पद चरित्र भएका मन्त्रीहरू सहभागी छन् । स्वयं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री विक्रम पाण्डे, श्रममन्त्री डिपी अर्याल विवादास्पद छवि भएका नेता हुन् ।
त्यसैले जनताले यो सरकारबाट त्यति धेरै अपेक्षा गरेका छैनन् । भ्रष्टाचारमै संलग्न नेताहरू सरकारमा रहेकाले जनताको आश मरेको संकेत गर्दै ज्योतिषी रिजालले यस्तो भविष्यवाणी गरेका हुन् ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका प्रचण्ड पनि त्यति सन्तुष्ट छैनन् । एमाले अध्यक्ष केपी ओली त आफ्नो पार्टी कांग्रेसभन्दा पछाडि परेकोमा असन्तुष्ट छन् । निर्वाचनबाट प्राप्त जनादेशप्रति उनी खुसी छैनन् ।
त्यही भएर उनी स्वयं यो संसद् लामो समयसम्म टिकोस् भन्ने पक्षमा छैनन् । सबैभन्दा ठूलो दल कांग्रेसलाई प्रतिपक्षमा बस्न बाध्य पारिएको छ । राजतन्त्र ल्याउने, गणतन्त्रको विरोध गर्ने, संघीयता खारेज गर्नुपर्छ भन्ने जति सबै यही सरकारमा सामेल भएकाले पनि नागरिकस्तरबाट भ्रष्टाचारविरोधी आन्दोलन उठ्न लागेको अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।