आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गगन र विश्वप्रकाशसँग छलफल गर्दै देउवा, के निस्केला निष्कर्ष?  

गगन र विश्वप्रकाशसँग छलफल गर्दै देउवा, के निस्केला निष्कर्ष?  

  • मिडिया डबली
  • शुक्रवार, पौष २२ २०७९

  • 8.4K
    SHARES

  • गगन र विश्वप्रकाशसँग छलफल गर्दै देउवा, के निस्केला निष्कर्ष?  
    फाइल तस्बिर

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन्।  प्रधानमन्त्रीबाट हटेपछिपहिलो पटक सभापति देउवाले पार्टीका दुई महामन्त्रीलाई निवासमा बोलाएर छलफल गर्न लागेका हुन्।

    यसअघि सभापति देउवाले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्दाका बेला महामन्त्रीद्वयसँग टेलिफोनमा संवाद गरेका थिए।

    सभापति देउवाले निवास धुम्बाराहीमा शुक्रबार अपरान्ह साढे ४ बजे छलफलका लागि बोलाएका हुन्।

    सभापति देउवाले गठबन्धनलाई चुनावपछि कायम राख्न नसकेको भन्दै महामन्त्रीद्वय थापा र शर्माले आलोचना गर्दै आएका छन्। साथै उनीहरूले नीति अधिवेशन बोलाउनसमेत संयुक्त विज्ञप्ति निकालेर माग गरेका थिए।

    कांग्रेसले पुस २८ गते केन्द्रीय समिति बैठक बोलाएको छ। चुनाव समीक्षालगायत विषयमा उक्त केन्द्रीय समितिमा छलफल हुनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०३:२५:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend