काठमाडौँ - द भ्योइस अफ नेपाल सिजन ४ का टप ६ प्रतियोगी आशिष महरको आवाजमा आधुनिक गीत 'किनारा ...' रिजिल भएको छ । मिलन बिष्टको शब्दलाई टपक्क टिपेर आशिष महरले नै गीतमा संगीत भरेका हुन् ।
आहा टिभी नामक युटुब च्यानल मार्फत बिहिबार रिलिज गरिएको गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ ।
सिर्जन बरालको निर्देशमा तयार पारिएको भिडिओमा कलाकार जीबी चिरन, चाहाना श्रेष्ठ, ज्ञानु नेपालि, प्रिन्स सिंह, रोज खत्री, सुशिला बस्नेत र मिलन बिष्टको दमदार अभिनय देख्न सकिन्छ ।
चक्र बहादुर बरालको छायाँकनमा रहेको उक्त भिडिओलाई अमृत चापागाईको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।