आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

देउवाले सरकार, महामन्त्रीद्वय थापा र शर्माले पार्टी चलाउने

देउवाले सरकार, महामन्त्रीद्वय थापा र शर्माले पार्टी चलाउने

  • मिडिया डबली
  • बुधवार, पौष ६ २०७९

  • 7.7K
    SHARES

  • देउवाले सरकार, महामन्त्रीद्वय थापा र शर्माले पार्टी चलाउने
    फाइल तस्बिर

    काठमाडौं- नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन भएसँगै अब सरकार गठनले तीव्रता पाउने देखिएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा दलको नेतामा पनि निर्वाचित भएका हुन् । संसदको ठूलो दलको हैसियतले देउवाले प्रधानमन्त्रीको दाबी गर्ने भएका छन् । कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, जनमोर्चासँग मिलेर संयुक्त सरकार बनाउने भएको छ । 

    कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेर सरकार चलाउने र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी चलाउने भएका छन् । दलको नेतामा पराजित भएपछि महामन्त्री थापाले आफू सरकारमा नजाने महामन्त्रीकै रूपमा पार्टी चलाउने घोषणा गरिसकेका छन् । थापाले पार्टीको महामन्त्री र सांसदको रूपमा आफू काम गर्ने पनि स्पष्ट पारे। 

    उनले पार्टी संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने आफ्नो एजेन्डा रहेको र त्यसमा प्रयास जारी राख्ने बताए। संसदीय दलको निर्वाचनको परिणाम अपेक्षाकृत नरहेको उल्लेख गर्दै त्यसबाट आफू निराश नहुने पनि बताए।

    ‘म संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेपछि पनि संसदीय दलको नेता हुनका लागि प्रयास गरिरहन्छु । त्यसकारण मेरो प्रयास त्यसकै लागि रहन्छ । सरकारमा अरू साथीहरू जानुहुन्छ । कांग्रेसको नेतृत्वमा सरकार बन्दै गर्दाखेरि अरू साथीहरू जानुहुन्छ, बस्नुहुन्छ । काम गर्नुहुन्छ । म महामन्त्री छु । महामन्त्रीको रूपमा म काम गर्छु । नेपाली कांग्रेसको सांसद हुँ । सांसदको रूपमा काम गर्छु,’ उनले भने, ‘कांग्रेसले संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने मैले ठानेको हो, ठानिराख्छु । त्यसको निम्ति प्रयत्न गरिराख्छु । त्यसबाहेक सरकारमा जाने, त्यहाँभित्र गएर काम गर्ने भन्ने कुरा अहिलेका निम्ति मैले गर्नुहुँदैन । यसो गर्नु उपयुक्त हुँदैन । म त्यो गर्दिनँ । मेरा लागि यो अपेक्षाकृत परिणाम होइन।’ 

    अर्का महामन्त्री शर्माले पनि आफू मन्त्री नबन्ने प्रस्ट पारिसकेका छन् । पार्टीमा आमूल परिवर्तन र सुधारको खाँचो रहेको भन्दै दुवै महामन्त्री पार्टी सञ्चालन र संसदमा खरो रूपमा प्रस्तुत हुने तयारीमा जुटेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०३:२५:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend