आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बालुवाटारमा विश्वप्रकाशले देउवालाई दिए यस्तो सुझाव, चौतर्फी चर्चा 

बालुवाटारमा विश्वप्रकाशले देउवालाई दिए यस्तो सुझाव, चौतर्फी चर्चा 

  • मिडिया डबली
  • आइतवार, मंसिर २५ २०७९

  • 5.6K
    SHARES

  • बालुवाटारमा विश्वप्रकाशले देउवालाई दिए यस्तो सुझाव, चौतर्फी चर्चा 

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा पृुनः नउठ्न आग्रह गरेका छन्। कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ ३२ सांसद पठाउनु पर्ने थियो। क–कसलाई पठाउने भन्ने तय गर्न शुक्रबार र शनिबार बालुवाटारमा सभापति देउवासँगै महामन्त्रीद्वय थापा र शर्मा पनि थिए। सोही छलफलमा शर्माले देउवालाई यस्तो सुझाव दिएका हुन्।

    त्यहाँ अब संसदीय दलमा को उठ्ने भन्ने कुरा पनि अनौपचारिक रूपमा उठेको थियो। महामन्त्री शर्माले मुखै खोलेर देउवालाई सोधे– अब संसदीय दलमा तपाईंले कसलाई उठाउँदै हुनुहुन्छ?

    देउवाले जवाफ दिए– अरू को? म नै उठ्छु नि!

    यस्तो छ देउवा र शर्माबीचको संवाद

    शर्मा– सभापतिज्यू, विश्वकप फुटबल हेर्दै हुनुहुन्छ?

    देउवा– कहाँ हेर्न पाउनु यार।

    शर्मा– ब्राजिल त हार्‍यो नि!

    देउवा– अँ हार्‍यो रे!

    शर्मा– सभापतिज्यूलाई थाहा छ कि छैन, ब्राजिल पाँच पटकको विश्वविजेता हो।

    देउवा– हो है, पाँच पटक जितेको?

    शर्मा– पाँच पटक जित्यो तर छैटौं पटक जित्न सकेन नि फेरि!

    देउवा– जित्न सकेन है।

    शर्मा– तपाईं पनि पाँच पटक प्रधानमन्त्री हुनुभयो। जित्नुभयो। छैटौं पटक भन्न सकिन्न नि फेरि।

    केहीबेर हाँसो चल्यो।

    यसपछि सभापति देउवाले कसलाई संसदीय दल नेता उठाउने हो भनेर शर्मालाई सोधेका थिए। शर्माले सँगै बसेका अर्का महामन्त्री थापालाई देखाउँदै भनेका थिए– अरू अघि नसरे उहाँ नै हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend