मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

ललितपुर १ बाट कांग्रेसका उदयशमशेरको सानदार पुनरागमन

ललितपुर १ बाट कांग्रेसका उदयशमशेरको सानदार पुनरागमन

  • मिडिया डबली
  • बुधवार, मंसिर ७ २०७९

  • 2.4K
    SHARES

  • ललितपुर १ बाट कांग्रेसका उदयशमशेरको सानदार पुनरागमन

    काठमाडौं - ललितपुर १ मा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य उदयशमशेर राणा विजयी भएका छन् ।

    उनले एमालेका उम्मेदवार नवराज सिलवाललाई फराकिलो मतान्तरले पराजित गरे । राणाले २३ हजार आठ सय ९२ र सिलवालले १९ हजार दुई सय ६६ मत पाए । सिलवाल निवर्तमान सांसद पनि हुन् ।

    २०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धनका कारण सिलवाल विजयी भएका थिए । तर, यसपटक माओवादीको साथ राणाले पाएका छन् । सोही कारण ४६ सय मतान्तरले राणा विजयी भएका हुन् । अघिल्लोपटक चुनाव हारे पनि राणा चुप लागेर बसेनन् ।

    उनी निर्वाचित सांसद सिलवालभन्दा बढी ललितपुर १ को विकासका लागि सक्रिय भइरहे । ललितपुरको कर्णाली मानिने दक्षिण क्षेत्रमा सडकदेखि खानेपानी आयोजनाका अधिकांश काम राणाकै पहलमा भएका हुन् ।

    त्यही कारण राणाले चुनाव प्रचारका क्रममा भन्ने गरेका थिए, ‘विकास चाहिए मलाई भोट हाल्नुस्, सेलिब्रिटी चाहिए सिलवाल छान्नुस् ।’ तर, अन्तिममा जनताले राणा नै रोजेका छन् ।

    गोदावरी, छम्पी, विशंखुनारायणबाहेक सिलवालले कतै पनि राणालाई मतमा अग्रता हासिल गर्न सकेनन् । चापागाउँबाट मात्रै राणाले २९ सयभन्दा मत पाएका थिए । सोही कारण उनी सानदार मतसहित संसदमा पुनः प्रवेश गर्न सफल भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०८३०९:२५:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend