काठमाडौं - अघिल्लो केपी ओली सरकारले खारेज गरेको सडक डिभिजन कार्यालय ललितपुर पुनर्स्थापित गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाको विशेष पहलमा वर्तमान सरकारले सडक डिभिजन कार्यालय पुनर्स्थापना गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सडक डिभिजन कार्यालय ललितपुर पुनस्र्थापना गर्ने निर्णय गरेको हो ।
ओली प्रधानमन्त्री हुँदा गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद्ले सडक डिभिजन कार्यालय ललितपुर खारेज गरेको थियो । जसकारण ललितपुरमा सडक निर्माण र विस्तारका काम रोकिएको थियो ।
पूर्वअर्थराज्यमन्त्रीसमेत रहेका राणा र ऊर्जामन्त्री पम्फा भुसालले सडक डिभिजन कार्यालय पुनस्र्थापना गर्न विशेष भूमिका निभाएका थिए ।
अघिल्लो सरकारले ललितपुरमा सडक निर्माण र विस्तार आवश्यक नरहेको भन्दै सडक कार्यालय खारेज गरेको थियो । जसको ललितपुरवासीले कडा आपत्ति जनाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।