बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पाँच दिनभित्र जरिवाना नतिरे उपेन्द्रका यी ३० उम्मेदवारको सिफारिस खारेज हुने

पाँच दिनभित्र जरिवाना नतिरे उपेन्द्रका यी ३० उम्मेदवारको सिफारिस खारेज हुने

  • मिडिया डबली डेक्स
  • मंगलवार, कार्तिक १ २०७९

  • 6.3K
    SHARES

  • पाँच दिनभित्र जरिवाना नतिरे उपेन्द्रका यी ३० उम्मेदवारको सिफारिस खारेज हुने

    काठमाडौं-स्थानीय तह निर्वाचनको खर्च विवरण समयमै नबुझाउनेमाथि निर्वाचन आयोग कठोर बनेको छ । उसले धमाधम जरिवाना असुल्दै आएको छ । जरिवाना नबुझाएका ४७ दलका चार सय आठजना उम्मेदवारको पद धरापमा परेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा परेका चार सय आठजना उम्मेदवारले जरिवाना नतिरेकाले उनीहरूको पद धरापमा परेको हो । 

    बन्दसूचीमा रहेका ६ हजार चार सय ५७ उम्मेदवारमध्ये चार सय आठजनाले जरिवाना नबुझाइएको पाइएपछि निर्वाचन आयोगले आइतबार निर्णय गरेर ५ कात्तिकसम्म जरिवाना बुझाउन समय दिएको छ । जरिवाना नबुझाए उम्मेदवारी खारेज गरेर बन्दसूचीबाट हटाउन चेतावनी दिएको छ । 

    जरिवाना नबुझाउनेमा उपेन्द्र यादव नेतृत्वको जसपाका ३० जना छन् । नौजना प्रतिनिधिसभाका लागि र २१ जना प्रदेश सभाका छन् । प्रतिनिधिसभातर्फ राजबहादुर भाम, सुरेश चौधरी, निलम कुमारी चौधरी, फूलमतीदेवी महतो, खेमजंग गुरुङ, दिना लामा, तुलसी गुरुङ, मनुमाया मोक्तान, उर्मिलादेवी महतोले जरिवाना बुझाएका छैनन् । प्रदेश सभाको बन्दसूचीमा रहेका आङ पेमा शेर्पा, यमुना गुरागाईं, लिलीकुमारी चौधरी, अस्मिता विक, लीला पाण्डे, सुनिता देवी, लक्ष्मी थापा, आस्मा कार्की, ईश्वरकुमार राउत, लालबहादुर बुढाथोकी, सुनिता दुलाल, सुन्तली तामाङ, साहाना थापा, सन्तुमाया क्षेत्री, देवबहादुर परियार, सुनिता हरिजन, पार्वती विक, मातृकाप्रसाद यादव, साधिका यादव, गंगाकुमारी चौधरी र सीमादेवी सेवा पनि जरिवाना नबुझाउनेमा छन् । 

    यस्तै, लोसपाबाट प्रतिनिधिसभा र प्रदेश सभामा सिफारिस भएकामध्ये समान १६–१६ जनाले जरिवाना तिरेका छैनन् । तीमध्ये प्रतिनिधिसभातर्फ हिरालाल मण्डल, श्यामाकुमारी राजवंशी, हेलोमति राजवंशी, शरण हाङ जवेगू, विपी मोक्तान, शशी नायजु, सत्यम पुन, रुद्रमाया दास, सन्तोषकुमार तिवारी, राजकुमार थापा, सविना खत्री, राजकुमार चौधरी, गौरीकुमारी चौधरी, सीताराम विश्वकर्मा, चुन्नी खातुन र ममता मिश्र छन् । प्रदेश सभातर्फ रामप्रसाद लुइँटेल, अशोक घिमिरे, सहनाज खातुन, चन्द्रकला देवी, नजमा खातुन, विणादेवी थारू, रमिता प्रधान, बबिता सिंह, देवीमाया खाती, सीता खनाल, डोमा श्रेष्ठ गुरुङ, सिरिप्रसाद श्रेष्ठ, सुनिता कलवार, जोगकुमारी चौधरी, सवरुन निशा धुनिया र तुली कामी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend