सोमवार, आश्विन १० २०७९Sep 26 2022

Logo

कांग्रेस घोषणापत्र समितिमा देउवाले राखे स्वर्णिम वाग्ले, श्रवण मुकारुङदेखि मिन भामसम्म

कांग्रेस घोषणापत्र समितिमा देउवाले राखे स्वर्णिम वाग्ले, श्रवण मुकारुङदेखि मिन भामसम्म

  • मिडिया डबली
  • बुधवार, आश्विन ५ २०७९

  • 2.4K
    SHARES

  • कांग्रेस घोषणापत्र समितिमा देउवाले राखे स्वर्णिम वाग्ले, श्रवण मुकारुङदेखि मिन भामसम्म

    काठमाडौं - कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ लाई पूर्णता दिएका छन् । उनले शर्मा संयोजक रहेको समितिलाई बुधबार ४१ सदस्यीय बनाएका छन् ।

    समितिमा पार्टीका केन्द्रीय सदस्य, समाजसेवी, इन्जिनियर, प्राध्यापक, डाक्टर, कलाकार, पत्रकार, खेलाडीदेखि साहित्यकारसम्म समेटिएको छ ।

    images
    images
    images

    देउवाले अर्थशास्त्री डा.स्वर्णिम वाग्ले, वरिष्ठ पत्रकार सुरेश आचार्य र गेजा शर्मा वाग्लेलाई समितिमा राखेका छन् । यस्तै, साहित्यकार विष्णुविभु घिमिरे, श्रवण मुकारुङ समितिमा परेका छन् ।

    घोषणापत्र तयारी समितिमा कलाकारिता क्षेत्रबाट एकजना मात्र परेका छन् । उनी हुन्, निर्देशक मिन भाम । चर्चित सिनेमा ‘कालोपोथी’ का निर्देशक कांग्रेसबाट प्रदेश सभामा उम्मेदवार सिफारिससमेत भइसकेका छन् ।

    यस्तै, क्रिकेटर विनोद दास पनि कांग्रेसको घोषणापत्र तयारी समितिमा परेका छन् । उनी लामो समयसम्म राष्ट्रिय क्रिकेट टोलीका सदस्य थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend